नुन बोकेर मुस्ताङ जाँदैछ नेपाली रोबोट

नेपालको समथर तराई भूमिबाट विभिन्न भौगोलिक विकटता र रोकावटलाई पन्छाउँदै रोबोटले पोखरासम्म सञ्चारका उपकरण र मुस्ताङसम्म कसरी नुन बोकेर लैजाला ?
सो जिज्ञासा पूरा गर्न रोबोट निर्माता आफूले लामो अध्ययनपछि तयार गरेका रोबोट लिएर यही असार ११ गते सैनिक प्रशिक्षण तथा तालिम केन्द्र राजदलगण लगनखेल, ललितपुरमा उत्रने भएका छन् ।
सो प्रतियोगितामा त्रिवि, पूर्वाञ्चल विवि र काठमाडौँ विवि अन्तर्गतका विभिन्न इन्जिनियरिङ अध्यययन संस्थानका नौ समूह प्रतिस्पर्धामा उत्रने आयोजक संस्था इन्जिनियरिङ अध्ययन संस्थान, प्राविधिक अनुसन्धान तथा विकास केन्द्रका छात्र निशवन ढकालले जानकारी दिए ।
नक आवट प्रक्रियामा खेलाइने सो खेलमा तीन मिनेटभित्र हरेक खेलमा हरेक रोबोटले प्रतीकात्मक रुपमा तराईबाट पोखरासम्म सञ्चारका उपकरण तथा मुस्ताङसम्म नुन बोकेर लान प्रतिस्पर्धा गर्नेछन् ।
उनले हरेक खेलमा सबैभन्दा छिटो नुनको भारी बिसाउने रोबोटले ‘सही हो’ उपाधि प्राप्त गर्ने जानकारी दिए ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका प्रतिनिधिलाई थाइल्यान्डको बैंककमा आगामी भदौमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा अवलोकनकर्ताका रुपमा संलग्न गराइने छ ।
‘मुस्ताङ यात्रा’ नाम दिइएको सो प्रतियोगिताले प्रविधिको विकासमा फड्को मार्ने आयोजकले विश्वास लिएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.