अब मोबाइलबाटै युट्युब लाइभ स्ट्रिमिङ

फेसबुकसहितका सोसल मिडियामा अहिले लाइभ स्टि्रमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरेको भएपनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडी पुगिसकेको छ ।
भिडियो कन्टेन्टमा फेसबुकबाट ठूलो चुनौतीको सामना गरिरहेको गुगल स्वामित्वको युट्युबले अब मोबाइलबाटै लाइभ स्ट्रिमिङ सुविधा सुरु गरेको छ ।
बिहीबार युट्युबले आफ्नो अफिसिय ब्लगमार्फत मोबाइल लाइभ स्ट्रिमिङ ल्याएको घोषणा गरेको छ । योसँगै युट्युवको आइओएस र एन्ड्रोइड एपमा नयाँ अपडेट आउने छ ।
उसो त युट्युबले लाइभ स्ट्रिमिङ सुरु गरेको २०११ मा नै हो, जुन हजारौं पटक प्रयोग भइसकेको छ । तर, यो सुविधा वेबसाइटमार्फत् मात्र थियो, मोबाइल एपबाट सिधै लाइभ गर्न सकिने सुविधा थिएन । अब भने युट्युबले आफ्नो एपमै लाइभ स्ट्रिमिङ सुविधा ल्याएको छ, जसलाई उसले लाइभ स्ट्रिमिङमा नयाँ अध्यायको सुरुवात भनेको छ ।
यसका लागि तपाइँले कुनै नयाँ एप इन्स्टल गर्नु पर्दैन, मौजुदा युट्युब एपलाई अपडेट गर्नुहोस् । अब नयाँ एप स्क्रिनको दायाँपट्टी लाइभ बटन देख्न सक्नुहुनेछ । त्यो क्लिक गरी फोटो खिचेर थम्नेल इमेज राख्नुहोस् र लाइभ सुरु गर्नुहोस् । युट्युब लाइभमा आफ्ना फ्यानसँग रियलटाइम च्याट पनि गर्न सकिन्छ । साथै लाइभ भिडयो सर्च पनि गर्न सकिने छ ।
कहिलेबाट उपलब्ध हुनेछ ?
युट्युबले लाइभ भिडियो स्ट्रिमिङको प्रतिस्पर्धामा प्रवेश गर्ने घोषणा गरे पनि सवै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेबाट उलपब्ध हुने भन्ने खुलाएको छैन् । उसको ब्लग पोष्टमा केवल चाँडै सवैका लागि उपलब्ध हुने भनिएको छ, तर मिति तोकिएको छैन् ।
तत्कालका लागि यो सुविधा केही उसका भिडियो कन्टेन्ट उत्पादक साझेदारका लागि उपलब्ध छ । परिक्षणपश्चात यो सुविधा सवै प्रयोगकर्तालाई उपलब्ध अनुमान छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.