बनाऔं घरैमा फेसप्याक



फेसप्याक भन्नाले अनुहारमा लगाउने लेप भन्ने बुझिन्छ । फेसियल गरी प्याक लगाउन हामी प्रायजसो ब्युटिसियनकहाँ पुग्छौं । तर, यसलाई घरमै बसेर पनि लगाउन सकिन्छ । घरमै लगाउने यस्ता प्याक हामी विभिन्न तरकारी र फलफुलको प्रयोग गरी बनाउँन सक्छौं । फेसप्याक छालाको प्रकार र समस्याअनुसार छनौट गर्नुपर्छ । तरकारी र फलफुल सबै खान हुने वस्तुहरु भएकाले कुनै साइडइफेक्ट गर्दैन । यसलाई साताको दुइ–तीन पटक प्रयोग गर्न सकिन्छ । घरमा तयार पारिएको यस्ता लेप अनुहारमा लगाएर २० मिनेटका लागि त्यसै छाडनुपर्छ र समय भएपछि सादा पानीले धुनुपर्छ ।
यसका फाइदा : घरमा तयार पारिएका यस्ता होम प्याकबाट कालोपोतो, सुख्खापन, तैलीय र छाला चाउरी पर्ने आदि हटाउन मद्दत गर्छ ।
केही टिप्स :
१. काँक्रो अथवा गाँजरको रसमा एकदेखि दुई चम्चा अण्डाको पहेंलो भाग र आधा चम्चा मह मिसाएर फेसप्याक लगाउनाले नर्मल छालाका लागि  राम्रो हुन्छ ।
२. पुदिना र तुल्सी मिसाएर प्याक लगाउँदा पनि छालाका लागि फाइदा हुन्छ ।

३. एक चम्चा ओलिभ आयलमा दुई चम्चा दुधको तर मिसाएर अनुहारमा लगाई २० मिनेट छाडिदिने र मनतातो पानीले धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।

४. आधा चम्चा महमा एक चम्चा दुधको तर अथवा काँचो दुध र बदामको पेष्ट मिसाएर प्याक बनाई लगाउने र मनतातो  पानीे धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।

५. अण्डाको सेतो भागमा २–४ थोपा कागतीको रस मिसाई प्याक लगाउनाले ओइली छाला (तैलीय छाला) लाई राम्रो हुन्छ ।

६. आवश्यकता अनुसार मुल्तानी माटोमा एक चम्चा गोलभेंडाको रस र ३–४ थोपा कागतीको रस मिसाएर प्याक लगाउँदा तैलीय छालालाई फाइदा हुन्छ ।

७. अण्डाको पहेंलो भागमा एक चम्चा जैतुनको तेल, ३–४ थोपा कागतीको रस १–४ चम्चा मह,  २–३ चम्चा गहुँको पिठो, २–३ चम्चा पाउडर दुध मिसाएर प्याक तयार गर्ने र लगाएपछि सुख्खा छालाका लागि १० मिनेट, सामान्य छालाका लागि १५ मिनेट र तैलीय छालाका लागि २० मिनेट राखी धुनुपर्छ ।

८. अण्डाको सेतो भागमा एक चम्चा पाउडर दुध र  काँक्रो मिसाएर पेष्ट बनाउने र प्याकको रुपमा प्रयोग गरी मनतातो पानीले धुनाले छालामा चमक आउँछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.