दुनियाकै महंगो स्मार्टफोन

विभिन्न बहुमुल्य धातु जडित फोन भन्दा पनि यो स्मार्ट फोन बेग्लै किसिमको छ।  आम प्रयोगका सामान्य फोनहरुको मूल्य भने सामान्य मानिसले पनि खरीद गर्नसक्ने स्तरको रहँदै आएको छ । तर इजरायलको एक स्टार्टअप कम्पनीले भने हालै सामान्य मानिसले आँट्न नसक्ने तर आम प्रयोगका लागि लक्षित गरी दुनियाकै अहिलेसम्मकै महंगो स्मार्टफोन बनाएको छ ।
इजरायली कम्पनी सिरिन ल्याब्सले विश्वको सबैभन्दा महंगो स्मार्टफोन सोलारिन सार्वजनिक गरेको हो । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने बहुमुल्य फोन हो । यसको मूल्य १४ हजार अमेरिकी डलर अर्थात् झण्डै १५ लाख रुपैयाँ रहेको छ ।
रोल्स रोयस अफ स्मार्टफोन उपमा दिइएको यो स्मार्टफोन हालै लण्डनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरियो । स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा हलिउडका चर्चित कलाकारहरु लियोनार्दो डिक्यापि्रयो तथा टम हार्डी लगायतका चर्चित कलाकार उपस्थित थिए ।
आफ्नो मूल्य जस्तै यो स्मार्टफोनको वजन पनि अलिक बढि छ । यो स्मार्टफोनको वजन २५० ग्राम रहेको छ । यो स्मार्टफोनमा अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक गोपनीयता तथा स्ामर्टफोन सुरक्षाको प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ । यो स्मार्टफोन तिन रंगमा उपलब्ध छ । यो स्मार्टफोनका अन्य फिचर्स निम्नानुसार छन्ः
५.५ इनचको आइपिएस डिस्प्ले, टू के रिजोलुसन
२३.८ मेगापिक्सेलको मुख्य तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा
४ जिबी र्याम तथा १२८ जिबी स्टोरेज
चिप टू चिप २५६ बिट एन्त्रिmप्सन । यो त्यस्तो प्रकारको कोडिंग हो जुन प्रकारले सेनाहरु आफ्नो संचारलाई सुरक्षित राख्न प्रयोग गर्दछन् ।
फिजिकल स्विचका माध्यमबाट एक्टिभेट हुने
क्वालकम स्नापड्रागन ८१० प्रोसेसर
४०४० मिलिएम्पियर आवर क्षमताको ब्याट्री

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.