अमेरिकाको सपना देखेर डि भी भर्दै हुनुहुन्छ ? पहिला हेर्नुस यो भिडियो (भिडियो सहित)

असोज १५, इटहरी,

आजकाल डिभी भर्ने फेसनले देशै पिटेको छ । जब कामधन्दा केही हुँदैन, समय खाली बितिरहेको हुन्छ, सधैँ गोजी रित्तो हुन्छ, तब-तब देशमा भर्नलाई अमेरिकादेखि आइपुग्दो रै'छ - डिभी, तर यहाँ रित्ताहरूले भरेका छन्, भरिएकाहरूले अझ भर्न खोजिरहेछन्, चुहुन्जेल भर्न खोजिरहेछन् । 
मानौं डिभी एउटा मीठो सपना हो, जो फुटपाथमा फोकटमा बाँडिइरहेको छ । मानौं डिभी एउटा रित्तो थुन्से हो, जति भर्न पनि छुट छ । विद्यार्थी, डाक्टर, लेखक, पत्रकार, मास्टर, इन्जिनियर, वकिल, सरकारी जागिरे, यहाँसम्म कि भूतपूर्व मन्त्रीसमेत डिभीको लर्कोमा फेला परेका उदाहरण प्रसस्तै छन् । 
टिनएजर त लोभिए लोभिए, हरिद्वार गएर भजन-कीर्तन गरेर बस्ने उमेर भएकाहरूलाई समेत डिभीप्रति रुचि छ । तीनवटा कुरा हुन सक्छ, या त सबै देशदेखि बिरक्तिएका छन् वा अमेरिकाको लाइफस्टाइलले सबैलाई लोभ्याएको छ वा कुरै नबुझी सबै डिभीको पछि लागेको देखेर के-के न होला भनेर अर्काको देखासिकी गरिरहेका छन् । बाकि अंस तल दिएको भिडियो मा हेर्नु होला l
                                                                                               
                                                                                                       कान्तिपुर साप्ताहिक बाट साभार
हेर्नुस भिडियो :



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.