"प्रेम गीत-२" युनिट थाइल्याण्ड र बर्माको छायांकन पश्चात नेपाल फर्कियो

फागुन ६, काठमाण्डौ, 
बर्मा देखि मुर्मा सम्मको कथा बोकेर फ्लोरमा आएको चलचित्र प्रेमगीत २ युनिटले बिदेश स्थित थाइल्याण्ड र बर्माको छायांकन सम्पन्न गरेको छ ।
नेपालको काठमाण्डौ, पोखरा, लुम्बिनी, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुदै मुगुको रारा ताल पारीको गाँउ मुर्मा सम्मको छायानंकन यस अघि नै सकिइसकेको थियो । करिब २ दर्जन कलाकार र प्रवाधिक टोली बोकेर माघ १४ गते प्रेमगीत २ टिम थाइल्याण्ड प्रस्थान गरेको थियो । थाइल्याण्डमा थप एक दर्जन थाई प्राबिधिकहरु लिएर बैंकक, पथया, सिल्भर लेक, कोसिचाङ् टापु लगायतका विभिन्न स्थानमा १० दिन चलचित्रको शिर्ष गीत र अन्य दृष्यहरुको छायांकन गरिएको थियो । संवभत ठुलो टिम र ठुलो क्यानभासमा बिदेशमा छायांकन गरिएको यो पहिलो चलचित्र हो ।
Monetize your website traffic with yX Media
दश दिनको थाइल्याण्डको छायांकन पश्चात निर्माण टोली बर्मा (हाल म्यानमार) को माण्डले पुगको थियो । बर्मामा पनि करिब आधा दर्जन बर्मेली प्राबिधिकहरुलाई संगै लिएर गोर्खाहरुको संम्झनामा शिलालेख लेखिएको माण्डले पहाह, माण्डले एतिहासिक दरबार, एतिहासिक पुलहरु लगायत अन्य रमणिय र पर्यटकिय स्थानमा चलचित्रको छायांनकन गरिएको थियो । छायांनक पश्चात चलचित्रको टिम अहिले नेपाल पर्किसकेको छ ।



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.