दुनियाकै बलियो स्मार्टफोन

आखिर भौतिक संरचना बनाउने निर्माण कम्पनीले नै मोबाइल बनाएपछि कस्तो मोबाइल बनाउला ? कंक्रिटका संरचना जस्तै बलियो ।
हो, बेलायतको एक निर्माण कम्पनीले उद्योग क्षेत्रका मजदुरहरुलाई लक्षित गर्दै निकै नै कडा तथा बलियो स्मार्टफोन निर्माण गरेको छ ।
यो स्मार्टफोन यति बलियो छ की २ मिटर माथिबाट इँटा, ढुंगा वा कंक्रिट लगायतका कडा सतहमा झर्दा पनि यो फुट्दैन, चर्किँदैन ।
यतिमात्र कहाँ हो र ? चाहे माइनस २० डिग्रीको चिसोमा राख्नुस् वा ६० डिग्रीको पोल्ने तातो, यो फोनले सबै ठाउँमा काम गर्दछ र चिसो तातोले कुनै असर नै पार्दैन ।
डिवाल्ट नामक निर्माण कम्पनीले बनाएको स्मार्टफोनको नाम एमडी५०१ हो । यो एन्ड्रोइड स्मार्टफोनको मूल्य ५ सय ४४ डलर तोकिएको छ । टफ फोन अर्थात् कडा फोन नाम दिइएको यो स्मार्टफोन मजदुरहरुमाझ निकै लोकपि्रय बन्दै गएको बताइएको छ ।
यो स्मार्टफोनलाई पानी तथा धुलोमाटोबाट बचाउनका लागि वाटर प्रुफ तथा डस्ट प्रुफ बनाइएको छ । यो फोनमा अलिक ठूलो आकारको ब्याट्री प्रयोग गरिएको छ । एकपटक चार्ज गरेपछि लगातार ८ घण्टा कुराकानी गर्दासम्म यसको चार्ज टिक्दछ ।
यसमा इनबिल्ड वायरलेस चार्जर छ । यसको टचस्त्रिmन गोरिल्ला ग्लासबाट बनाइएको छ । हातमा पन्जा लगाएका मजदुरले पनि यो टचस्त्रिmन चलाउन सक्दछन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.