शुक्रकिट दिँदा ११ हजारको कुपन

बेलायती तन्नेरी विद्यार्थीहरुले अहिले निकै राम्रो अफरको फाइदा उठाउँदैछन् । आफ्नो शुक्रकिट दान गरेबापत उनीहरुले झण्डै ११ हजार रुपैयाँ पाउनेछन् ।
शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिंग साइट अमेजनमार्फत ७५ ब्रिटिस पाउण्ड अर्थात् झण्डै ११ हजार ४ सय रुपैयाँको गिफ्ट भौचर पाउँछन् र उनीहरुले सो भौचरमार्फत अनलाइनमै आफुलाई चाहिएको कुरा किन्न सक्दछन् ।
शुक्रकिट दिएको बदलामा हजारौँ रुपैयाँ कमाउन सक्ने यस्ता भाग्यमानी विद्यार्थी बेलायतको शेफिल्ड विश्वविद्यालयका हुन् ।
उक्त विश्वविद्यालयका प्राध्यापक ऐलन पेसीले एउटा यस्तो अनुसन्धान गर्दैछन् जुन सफल भएमा पुरुषको पुरुषत्व ७० प्रतिशत सम्मले बढाउन सकिन्छ । सोही शोधका लागि उनलाई तन्नेरी युवकहरुको शुक्रकिटको आवश्यकता खटि्कएको हो ।
प्राध्यापक ऐलन लाइकोपेन नामक तत्व माथि शोध गरिरहेका छन् । यो तत्व गोलभेँडाको बोक्रामा पाइन्छ । यहीँ तत्वको प्रयोगले पुरुषहरुमा शुक्रकिटको मात्रा बढाउन सकिने विश्वास उनकोे छ ।
आफ्नो यो शोध सफल भएमा यो पुरुषमा बाँझोपन हटाउन तथा पुरुषत्व बढाउने दिशामा ठूलो सफलता प्राप्त हुने उनको दाबी  छ ।
शोधको सुरुवाती नतिजा निकै सकारात्मक रहेको र लाइकोपेनले जबरजस्त उत्साह पैदा गर्नसक्ने देखिएको प्राध्यापक ऐलन बताउँछन् । लाइकोपेनको सहायताले शुक्रकिट बढाउने प्रक्रिया तिन महिनामा पूरा हुने उनको भनाई छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.