विचार गर्नुहोस कतै तपैमा पनि नपुंसकता छैन ?

पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गार्हो  हुन्छ । सामान्यतस् शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकताको कारण पत्ता लगाउन गा¥हो हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यतस् नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ ।

खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?


– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।

– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।

– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन। ।

– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।

– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।

– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।

– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।

– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।

– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।

– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.