यौनशक्ति बढाउने योगासन

बटरफ्लाई पोज (पुतली आसन)
पलेटी कसेर सीधा बस्नुस् र दुई कुर्कुच्चा जोडेर यसलाई यौनांगनजिक ल्याउने प्रयास अधितकम गर्नुहोस् । खुट्टाका औँलालाई दह्रोसँग समात्नुहोस्, गहिरो सास लिनुहोस् र तिघ्रालाई पुतलीको पखेटाजसरी फडफडाउनुहोस् र रफ्तार बढाउँदै लैजानुहोस् । यसो गर्नाले तिघ्राको भित्री भाग तन्किन्छ, हिपलगायत कम्मरमुन्तिरका भाग बलिया हुन्छन् । यसको सकारात्मक प्रभाव यौनजीवनमा पर्छ ।

१८० डिग्री स्प्लिट (हनुमानासन)

भुइँमा बसेर खुट्टालाई एक सय ८० डिग्रीमा फार्नुहोस् । अगाडिपट्टि तन्किएर सामुन्ने रहेको खुट्टाको कुर्कुच्चासम्म हात पुर्याउनुहोस् र ३० सेकेन्डसम्म यत्तिकै रहनुहोस् । यसले हिप र कम्मरमुन्तिरको भागमा रक्तसञ्चार तीव्र हुन्छ । सो क्षेत्रका मांसपेशीमा भएका तनाव हटाउँछ । यो आसनले तपाईंको यौन स्वास्थ्यलाई फाइदा पु¥याउँछ ।

माउन्टेन क्लाइम्बर पोज (पर्वतारोही आसन)
यो आसन गर्न सजिलो छ । भुइँतिर फर्किएर झुक्नुहोस् र दाहिने खुट्टा, दुइटा हात टेकेर तन्कनुहोस् । आफूलाई हिमाल चढ्न लागेको पर्वतारोहीको आसनमा पु¥याउन खोज्नुहोस् । अब देब्रे खुट्टाको सहाराले आफूलाई अघिकै आसनमा टेकाउनुहोस् र यसो गर्दा पर्वतारोहीले गर्नेजस्तै हाउभाउ गर्नहोस् । यसक्रममा गहिरो सास लिनुहोस् । यसो गर्नाले समग्र शरीरमा रत्तसञ्चार तीव्र हुन्छ । तिघ्राका भित्री मांसपेशी बलियो हुन्छ ।

कोब्रा पोज (भुजंगासन)
भुइँमा सुत्नुहोस् । हातका पञ्जा र तिघ्राको भरमा टाउकोलाई माथि उठाउनुस् । टाउको यसरी उठाउनुहोस्, गसरी गोमन सर्पले फणा उठाउँछ । सक्नुहुन्छ भने टाउको पछाडिपट्टि लैजानुहोस् र खुट्टा पछाडिबाट उठाएर टाउको छुवाउनुहोस् । गहिरो सास लिनुहोस् र केही बेरसम्म सास भित्रै रोक्नुहोस् । यही आसनमा ३० सेकेन्ड रहने कोसिस गर्नुहोस् । यसो गर्नाले तपाईंको ढाड, कम्मर, भुजाका जोर्नी आदि बलिया हुन्छन् । यस आसनले तपाईंको यौनशक्ति बढाउँछ ।
इन्भर्टेड प्लो (कर्णपिडासन)
यो आसन गर्दा शरीरलाई हलोको आकारमा लैजान खोज्नुपर्छ । यसका लागि भुइँमा उत्तानो फर्किएर सुत्नुहोस् । हात माथिपट्टि तन्काउनुहोस् । खुट्टा सीधा पार्नुहोस् र उचालेर बिस्तारै पछाडि लगी भुइँ छुनुहोस् । गहिरो सास लिनुहोस् र केही बेर रोक्नुहोस् । यसले शरीरका सम्पूर्ण मांसपेशीलाई तन्काउँछ । बाँझोपन भएका महिलाका लागि पनि यो आसन कतिपय अवस्थामा उपयुक्त हुन सक्छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.